कृषि मन्त्रालयले डीडीसीलाई थप ६० करोड रुपैयाँ दिने
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) लाई थप ६० करोड रुपैयाँ दिने भएको छ ।
आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटको क्रममा बोल्दै मन्त्री रामनाथ अधिकारीले सो बारे जानकारी दिएका हुन् । उनले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने बताए ।
उनले किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै सरकारले डीडीसीलाई सो रकम उपलब्ध गराउन लागेको बताए ।
साथै उनले उक्त रकम दशैँ अगाडि नै भुक्तानी गर्ने पनि बताए ।