राप्ती खोलामा डुबेर मकवानपुरका थिङ बिरामी

तु खबर संवाददाता
२०८१ भाद्र ११,मंगलवार १५:४२
file-photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६, प्रतापपुरस्थित राप्ति खोलामा डुबेर एक जना बरामी भएका छन् ।

मंगलबार दिउँसो साढे १२ बजेको समयमा नुहाउन गएका ३५ वर्षीय सुबास थिङ खोलामा डुबेर बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, थिङलाई उद्दार गरि उपचारको लागि मनहरी स्वास्थ्य चौकीमा लगिएको थियो ।

त्यहाँ सामान्य उपचारपश्चात थप उपचारको लागि उनलाई चितवनको भरतपुर लगिएको जनाइएको छ ।