सेयर बजारमा भारी अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक नेप्सेमा १११ दशमलव ९६ अंकको गिरावट आएको हो ।
बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको शेयर बजार अन्तिम समयसम्म ३ दशमलव ८६ प्रतिशतले घट्दै २ हजार ७८२ दशमलव ६० विन्दुमा पुगेर रोकिएका नेपाल स्टक एक्सचेज (नेप्से) ले जनाएको छ ।
नेप्सेका अनुसार, १११ दशमलव ९६ अंकले नेप्से सूचक घटेको यसदिन २२३ कम्पनीको सेयर मूल्य पनि घट्न पुगेको छ ।
आज १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको जनाइएको छ ।
आज २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर छ ।