टीआरसी विधेयकको सन्देश प्रतिनिधि सभामा टेबुल

तु खबर संवाददाता
२०८१ भाद्र ११,मंगलवार १७:२७

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक (टीआरसी) को सन्देश टेबुल भएको छ ।

राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयकको सन्देश मंगलबारको प्रतिनिधि सभा बैठकमा टेबुल भएको हो ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राष्ट्रिय सभाबाट पारित भएको सन्देशबारे जानकारी गराएका हुन् ।

२०७९ साल फागुन २५ गते गते दर्ता भएको विधेयक साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पठाइएको थियो । उक्त विधेयक भदौ ६ गते राष्ट्रिय सभाबाट पनि पारित भएको हो ।

दुवै सभाबाट पारित भएसँगै अब यो विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जाने र राष्ट्रपतिले प्रमाणीकरण भएपछि कानुन बनेर कार्यान्वयन आउने जनाइएको छ ।