विपद्को घटनामा परेर २१० जनाको मृत्यु, ५२ जना बेपत्ता

तु खबर संवाददाता
२०८१ भाद्र १२,बुधबार १८:०७

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर बुधबार दिउँसोसम्म २ सय १० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सो अवधिमा कोशी प्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा २ सय ७२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको जनाइएको छ ।

सो अवधिमा विपद्को विभिन्न घटनामा परी ५२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा कोशी प्रदेशका ३ जना, मधेश प्रदेशका १ जना, बागमती प्रदेशका ४३ जना, गण्डकी प्रदेशका २ जना, लुम्बिनी प्रदेशका १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशका १ जना रहेका छन् उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।