दैलेखमा चट्याङ लागेर बालकको मृत्यु

सुर्खेत । दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आठबिस नगरपालिका–८, पिपलकोटका २ वर्षीय बालक रोशन विष्ट रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको उनको मृत्यु भएको हो ।
यस्तै, चट्याङ लागेर मृतक बालकको हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएका छन् । घाइते कमलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
कमला स्वास्थ्य स्वयंसेविका पनि रहेको बुझिइएको छ ।