थाहा नगरस्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०८१ भाद्र १४,शुक्रबार ०८:४८

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।

थाहा नगरपालिकाको क्याम्पाडाँडा स्थित कबर्डहलमा भएको प्रतियोतिताको पहिले दिन ४ वटा टिमले बिजयी सुरुवात गरेका छन् । प्रतिस्पर्धामा रोशन गोपाली र घनश्याम श्रेष्ठ, नारायण बिष्ट र हरि बिष्ट, देब अर्याल र नरेन्द्र मोक्तान, ईशाक केसी र नरेन्द्र लामाको टिमले बिजयी सुरुवात गरेका हुन् ।

१३ टिमको सहभागिता रहेको प्रतियोगिताको बाँकी लिग चरणको ११ खेल आज शुक्रबार हुने कार्यक्रम संयोजक सुशान्त श्रेष्ठ (च्याङ)ले जानकारी दिए ।

भदौ १५ गते शनिबार बिहान ७ बजेदेखि क्वाटरफाईनल खेल, दिउँसो ३ बजेदेखि सेमिफाइनल खेल र साँझ ५ बजे फाईनल खेल हुने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि बिष्टले खेलकुद प्रतियोगिताले मानिसको शारीरिकसंगै मानसिक विकासमा सहयोग पुर्याउने बताए । युवाहरुलाई सामाजिक विकासमा जोड्ने महत्वपूर्ण माध्यम खेलकुद भएको उनले बताए ।

थाहा नगर ब्याडमिन्टन संघ, फरक सोच र शिखर क्लबको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा थाहा नगरपालिका वडा नं. ३ कोे सहयोग रहेको पालुङ जेसीज वर्ष २०२४ का कोषाध्यक्ष सञ्जय गोपालीले बताए ।

उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पालुङ जेसीज पूर्व अध्यक्षहरु क्रमशः सुरेन्द्रमान प्रधान, ओमकर बिष्ट, कुमार नेगी, मनोज रायमाझी, जयराम खत्री, निवर्तमान अध्यक्ष संगम कार्की, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पालुङ जेसीज बर्ष २०२४ का बोर्डका पदाधिकारी, कार्यक्रम संयोजकहरुको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगिताको प्रथम, द्धितिय हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि प्रथम नगद पुरस्कार पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले आफ्ना स्वर्गीय हजुरबुवा रणबहादुर रायमाझीको स्मृतिमा प्रायोजन गर्ने भएका छन् ।

त्यस्तै, दोस्रो नगद पुरस्कार मकवानपुरगढी जेसीजका अध्यक्ष बिजय पुडासैनीले, उत्कृष्ट खेलाडी नगद पुरस्कार सिमारा जेसीजका लक्की रिमालले प्रायोजन गर्ने भएका छन् ।

प्रथम हुने टिमलाई ट्रफी र मेडल पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले, दोस्रो हुने टिमलाई ट्रफी र मेडल कोषाध्यक्ष सञ्जय गोपालीले, उत्कृष्ट खेलाडी ट्रफी मिडिया संयोजक श्रीकृष्ण श्रेष्ठले प्रायोजन गर्ने महासचिव बिक्रम गोपालीले बताए ।