कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनयन

तु खबर संवाददाता
२०८१ भाद्र १४,शुक्रबार १५:५१
file-photo

काठमाडौं । नेपाली कांग्रेसको कानुन विभागमा सदस्यहरू मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १० जनालाई विभाग सदस्यमा मनोनयन गरेका हुन् ।

सो सम्बन्धी जानकारी विज्ञप्ति मार्फत् पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।

सभापति देउवाले पार्टी विधानको धारा २५(९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको समिति सदस्य थप गरेका हुन् ।

मनोनीत हुनेहरुमा क्रमशः शिवराज पाण्डे (कञ्चनपुर), कलमबहादुर खत्री (सुर्खेत), दुर्गाबहादुर सुनार (कास्की), खिल गिरी (धादिङ), दिपकराज गौतम (दाङ), ध्रुव श्रेष्ठ (सुर्खेत) रहेका छन् ।

यसैगरी, रामचन्द्र गौतम (रूकुम पश्चिम), मन्दिरा शर्मा (काभ्रेपलाञ्चोक), अनिलकुमार कर्ण (धनुषा) र शोभा घिमिरे (संखुवासभा) लाई कांग्रेसको कानून विभागमा मनोनीन गरिएको हो ।