नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । गत साउन २३ गतेबाट जारी बैठक आज बस्न लागेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि शीर्ष तहमा सहमति जुटेकोले बैठक बस्न लागेको हो ।
दिउँसो ३ बस्ने बस्ने बैठकले परिमार्जनसहित पारित हुने नेताहरूले बताएका छन् ।
केन्द्रीय समिति बैठकअघि आजै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ । पदाधिकारी बैठक दिउँसो १ बजे बस्ने भएको जनाइएको छ ।