जेसीज कप ब्याडमिन्टन प्रतियोगिताः देब र नरेन्द्रको टिमले जिते उपाधि

मकवानपुर । थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब अर्याल र नरेन्द्र मोक्तानको टिमले हात पारेका छन् ।
शनिबार सम्पन्न भएको फाइनल खेलमा संग्राम खत्री र मधुसुदन चौधरी टिमलाई पराजित गर्दै देब र नरेन्द्रको टिमले उपाधि जितेको हो ।
प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी संग्राम खत्री भएका थिए । उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताका लागि प्रथम नगद पुरस्कार पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले आफ्ना स्वर्गीय हजुरबुवा रणबहादुर रायमाझीको स्मृतिमा प्रायोजन गरेका थिए ।
त्यस्तै, दोस्रो नगद पुरस्कार मकवानपुरगढी जेसीजका अध्यक्ष बिजय पुडासैनीले, उत्कृष्ट खेलाडी नगद पुरस्कार सिमारा जेसीजका लक्की रिमालले प्रायोजन गरेका थिए ।
यसैगरी, प्रथम हुने टिमलाई ट्रफी र मेडल पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले, दोस्रो हुने टिमलाई ट्रफी र मेडल कोषाध्यक्ष सञ्जय गोपालीले, उत्कृष्ट खेलाडी ट्रफी मिडिया संयोजक श्रीकृष्ण श्रेष्ठले प्रायोजन गरेको पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बताए ।
पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्ष र थाहानगर खेलकुद विकास समितिका संयोजक एवम् थाहा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम लामाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन समारोहमा थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको बिशिस्ट आतिथ्यता रहेको थियो ।
समापन समारोहमा थाहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नारायण लामा, जनकल्याण माद्यामिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्की, समाजसेवी राजेश केसी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर, थाहा नगरपालिका सामाजिक शाखा प्रमुख अनिल लामिछाने, पालुङ जेसीजका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष संगम कार्की लगायतको आतिथ्यता एवम् पालुङ जेसीजका बोर्डका पदाधाकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा प्रतियोगितालाई सहयोग गर्ने सहयोगी संघसंस्था, व्यक्ति र संचारकर्मीहरुलाई कदरपत्र र मायाको चिनोद्वारा सम्मानित गरिएको थियो ।