एसिड पीडित हेटौंडाकी कंशाकारलाई सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने

तु खबर संवाददाता
२०८१ भाद्र १६,आईतवार १८:३६
file-photo

काठमाडौं । एसिड पीडित विन्दबासिनी कंशाकारलाई सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद् बनेकी उनलाई यही भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले कंशाकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिब क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल गरी पीडित राहत कोषमा शोधभर्नाको व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनको मुद्दा जिल्ला अदालत मकवानपुरले फैसला सुनाएको छ भने उच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

२०७० सालमा प्लस टु पढ्दै गर्दा उनलाई भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण गरेका थिए ।