बाँकेको नरैनापुरमा झाडापखालाबाट ४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १७,सोमबार ०९:५७
सांकेतिक तस्वीर

बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ ।

झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको हो ।

नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट उनीहरुको मृत्यु भएको जनाइएको छ ।

यस्तै, झाडापखालाबाट सात जना बिरामी परेका छन् । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए ।

गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ ।