सोमबार नेप्से ११७ अंकले बढ्यो, १२ अर्ब ७४ करोडको कारोबार

तु खबर संवाददाता
२०८१ भाद्र १७,सोमबार १५:२७
file-photo

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हतियारी छाएको छ ।

साताको पहिलो गिरावट आएको नेप्से परिसूचक सोमबार भने हरियाली छाएको हो ।

आइतबार ५३ दशमलव ६३ अंकको गिरावट आएको शेयर बजारमा आज उछाल आएको हो ।

आज नेप्से परिसूचक ११७ दशमलव ६४ को विन्दुमा बढ्दा २ हजार ८१३ दशमलव ५७ को विन्दुमा कायम भएको छ ।

यस दिन सूचीकृत ३३५ कम्पनीको ३ करोड कित्ताको शेयर खरिदबिक्रि भएको छ भने १२ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबै उपसूचकमा हरीयाली छाएको छ ।