नेपाली कांग्रेसका दुई विभागमा सदस्य मनोनीत

तु खबर संवाददाता
२०८१ भाद्र १७,सोमबार १७:०९
file-photo

काठमाडौं । नेपाली कांग्रेसका दुई विभागमा सदस्य मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले वित्तीय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरु मनोनयन गरिएको हो ।

वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी (मोरङ), गणेश यादव (धनुषा, धरम ब्लोन लामा (काठमाडौं), विष्णुप्रसाद घोरासैनी (सिन्धुपाल्चोक), सुरेन्द्रनाथ शर्मा (कास्की), चिरञ्जीवी नेपाल (पाल्पा), ध्रुव पुन (रुकुम पूर्व), डिलमान चन्द (सल्यान), दिनेश जोशी (कैलाली) र लक्ष्मी शाह (अछाम) मनोनीत भएका छन् ।

यसैगरी, पूर्व आप्रवासी समन्वय विभागमा रामेश्वर शाह (सिरहा), यदुनाथ पाण्डे (रुपन्देही), सुभाष लोहनी (मोरङ), विज्ञान प्रसाईँ (झापा), रामबहादुर कोङलिवा लिम्बू (ताप्लेजुङ), नवीन पोखरेल (झापा), कृष्णप्रसाद लम्साल (पर्वत), पूर्ण कोइराला (दैलेख), उमा कार्की (काठमाडौ) र बालकुमारी सुनार (कैलाली) मननेनीत भएका छन् ।