नेप्सेमा सामान्य अंकको वृद्धि, साढे १३ अर्बको कारोबार

तु खबर संवाददाता
२०८१ भाद्र १८,मंगलवार १६:१७
file-photo

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अंकको वृद्धि आएको छ ।

आज नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो ।

आज तीन सय २८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री भएको छ ।

यसदिन रु १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार बराबरको शेयर कारोबार भएको जनाइएको छ ।

यस दिन पाँच वटा समूह बढ्दा आठ वटा समूह भने घटेको छ ।