यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १९ गते बुधबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।
राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४७.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.६४ रुपैयाँ रहेको छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर १५७.४३ रुपैयाँ र बिक्रीदर १५८.१४ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६६ रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९९.०१ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.३९ रुपैयाँ र बिक्रीदर १०२.८४ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८२ रुपैयाँ र बिक्रीदर १८.९१ रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९१ रुपैयाँ र बिक्रीदर ३.९३ रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.६९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर ९.९९ रुपैयाँ र बिक्रीदर १०.०४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०१ रुपैयाँ र बिक्रीदर १३.०७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८४ रुपैया र बिक्रीदर १९.९३ रुपैयाँ कायम भएको छ ।
हङकङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.६८ रुपैयाँ र बिक्रीदर ४४०.६४ रुपैयाँ छ भने बहराइन दिनार एकको खरिददर ३५५.६४ रुपैयाँ र बिक्रीदर ३५७.२४ रुपैयाँ निर्धारण गरिएको छ ।