राष्ट्र बैंकले दसैँमा नयाँको ठाउँमा सुकिला नोट साट्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यस वर्षको दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने जानकारी दिए ।
डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको पोखरेलले बताए ।
यसअघिको दसैँमा बैंकले पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । दसैँका लागि राष्ट्र बैंकले केही महिना अघि नै नयाँ नोट छापेर राख्ने गरेको थियो । यो वर्ष भने नयाँ नोट छापिएको छैन ।