बागमतीमा १७८० जना डेंगु संक्रमित फेला

तु खबर संवाददाता
२०८१ भाद्र २०,बिहीबार १०:१३
file-photo

मकवानपुर । बागमती प्रदेशमा एक हजार सात सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेशमा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित भेटिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा साउन महिनामा ८ सय ४० र भदौ महिनामा ९ सय ४० जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

जसनुसार प्रदेशको १२ जिल्लामध्ये चितवन जिल्लामा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन् । त्यहाँ सो अवधिमा ७ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

यसैगरी, काठमाडौंमा ५ सय जना, मकवानपुरमा १ सय ८९ जना, ललितपुरमा १ सय ३१ जना, धादिङ र काभ्रेमा ६८/६८ जना, भक्तपुरमा २५ जना, नुवाकोट र दालखामा १२/१२ जना, सिन्धुपाल्चोक र सिन्धुलीमा ९/९ जना, रामेछापमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको जनाइएको छ ।