वीपीको १११ औं जन्मजयन्तीको अवसरमा सरसफाई कार्यक्रम

मकवानपुर । नेविसंघ मकवनपुरले वीपी जयन्तीको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
नेविसंघ केद्रिय कार्यसमितिले परिपत्र गरे बमोजिम हेटौंडाको हेटौंडा क्याम्पस परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको नेविसंघ मकवानपुर सचिव आशिष बास्तोलाले जानकारी दिए ।
नेविसंघ केन्द्रिय सदस्य मिलन पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेविसंघ हेटौंडा उपमहानगरपालिका इकाई सभापति विवेक फुयाँल, नेविसंघ हेटौंडा क्याम्पस इकाई सभापति युवराज वि.क. र क्याम्पसका विद्यार्थी लगायतको उपस्थिती थियो ।
कार्यक्रम जिल्ला सदस्य श्रीकृष्ण ढकाल (सवित)को संयोजकत्व तथा कावा अध्यक्ष सन्तोष चौलागाईको सभाअध्यक्षतामा भएको हो ।