मंगलबार पनि सेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८१ भाद्र २५,मंगलवार १५:५७

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ ।

पछिल्ला केही दिनयता निरन्तर ओरालो लागेको शेयर बजार आज पनि पनि गिरावट आएको हो । आज नेप्सेमा १३ अंकको गिरावट आएको छ ।

यसअघि सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५ अंकले झरेको थियो ।

यो साताको तीन दिनमा मात्रै परिसूचक ६९ अंकले घटेको छ । आइतबार २७०१ बिन्दुमा रहेको बजार मंगलबार २६३२ अंकमा झरेको छ ।

मंगलबार कारोबार रकम पनि घटेको छ । यसदिन ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार हुँदा कुल ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज यसअघि १० अर्ब हाराहारी दैनिक कारोबार हुने गरेको थियो ।

आज कारोबार भएकामध्ये १७० कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यस्थिर र ६७ कम्पनीको मूल्य बढेको जनाइएको छ ।