नयाँ आविष्कार र अनुसन्धानमा लाग्न प्रधामन्त्रीको आग्रह

तु खबर संवाददाता
२०८१ भाद्र २५,मंगलवार १६:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ–नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा संगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा बोल्दै प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ आविष्कार र अनुसन्धानमा लाग्न आग्रह गरेका हुन् ।

नाष्टका कुुलपतिसमेत रहेका उनले रासायनिक मल र कीटनाशक औषधीको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्नुपर्ने बताए ।

उनले तरकारी र उत्पादनमा विषादीयुक्त कीटाणुु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुुग्ने बताए ।

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने उल्लेख गरे ।

सभाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रुपियाँको बजेटसहितको कार्यक्रम स्वीकृत गरेको छ ।