सरकारी कार्यालयमा बसेर कर्मचारीले शेयर कारोबार गर्न नपाउने
काठमाडौं । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर काम गर्ने कर्मचारीले अनलाइनमार्फत् शेयर कारोबार गर्न नपाउने भएका छन् ।
कर्मचारीहरू दिनभर काम भन्दापनि शेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो व्यवस्था गर्न दिर्नेशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई पत्राचार गर्दै नेप्से अनलाइन ट्रेडिङ सिस्टम (टीएमएस) नचलाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।