डेंगुबाट मृत्यु हुनेको संख्या पाँच जना पुग्यो

तु खबर संवाददाता
२०८१ भाद्र २५,मंगलवार १७:०४
file-photo

काठमाडौं । देशभर डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार, ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

महाशाखाका अनुसार, गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये ७५ जिल्लामा फैलिएको छ । हुम्ला र मुस्ताङमा भने हालसम्म डेंगु संक्रमित फेला परेका छैन ।

डेंगु संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै गण्डकी प्रदेशमा रहेका छन् । कूल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७ दशमलव ४ प्रतिशत सङ्क्रमित गण्डकी प्रदेशमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना, कोशीमा ८८५ जना, मधेसमा १२८ जना, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना र सुदूरपश्चिममा ४३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।