स्व.सुवास नेम्वाङका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गरिने

तु खबर संवाददाता
२०८१ भाद्र २६,बुधबार १६:०९
file-photo

काठमाडौं । संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गरिने भएको छ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेम्वाङ नेपालको राजनीतिक इतिहासमा सदैव सम्झिरहने व्यक्तित्व रहेको भन्दै उनको नाममा प्रतिष्ठान निर्माण गर्ने बताएका हुन् ।

स्व. नेम्वाङका नाममा प्रतिष्ठान बनाएर छोड्नेमात्र नभएर नेताहरूको आदर्श, विचार र नेताहरूले हिँडेको बाटो, व्यवहार आचरण इच्छाअनुसार चलाइने प्रधानमन्त्री ओलीले बताए ।

साथै उनले अहिले निष्क्रिय रहेका प्रतिष्ठानहरूलाई पनि सक्रिय बनाइने बताए । उनले स्व. नेम्वाङका नाममा बन्ने प्रतिष्ठानको नेतृत्वबारे शुक्रबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताए ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य स्व.नेवाङको गत २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । आज उसको पहिलो स्मृति दिवस हो ।