माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

तु खबर संवाददाता
२०८१ भाद्र २६,बुधबार १६:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि आज बसेको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

जनयुद्धलाई ‘हिंसा’ को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीका सांसदहरुले बुधबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो ।

सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक–पटक अनुरोध गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादी सांसदहरुले अडान राखकेपछि बैठक स्थगित भएको हो ।

सभामुखले अर्को बैठक यही भदौ ३० गते बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।