करेन्ट लागेर एक दम्पतीको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र २६,बुधबार १६:३०

विराटनगर । मोरङमा बुधबार करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डल रहेका छन् । उनीहरु श्रीमान–श्रीमती हुन् ।

प्रहरीका अनुसार, भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

बिहान ११ः५० बजेतिर विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।