बुधबार पनि शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८१ भाद्र २६,बुधबार १६:४४

काठमाडौं । आज शेयर कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजारम गिरावट आएको छ । यसदिन नेप्से २२.७३ अंकले घटेको छ ।

बुधबार परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो लागेको हो ।

सो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । ३००० बिन्दुमा पुगेको दिन २९ अर्ब ३० करोड ५२ लाखको कारोबार भएको थियो ।

त्यसपछिका दिनमा लगातार घट्दै आज बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको जनाइएको छ ।