कांग्रेसद्वारा सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ ।
कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौं आउन ह्विप जारी गरेको हो ।
उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्तापक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको हो ।
नेकपा एमालेले भने यसअघि नै आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान भनेको थियो ।