कांग्रेस बागमती प्रदेश महिला समितिले पायो पूर्णता
![](https://www.tukhabar.com/wp-content/uploads/2024/09/congress-bagamati-mahila-e1726141584984.jpg)
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको महिला समितिले पूर्णता पाएको छ । पार्टी सहमहामन्त्री जीवन डंगोल संयोजक रहेको उक्त समितिले पूर्णता पाएको हो ।
उत्त, समितिमा २७ सदस्य रहेका छन् । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बिहिबार समितिको सदस्यहरुलाई नियुक्ति गर्दै प्रमाणपत्र वितरण गरेका हुन् ।
समितिमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिमुलक महिलालाई समेटिएको छ । समितिको सदस्यहरुमा बागमती प्रदेशसभा सदस्य यांकिला शेर्मासहित डा. शुष्मा बराल, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, कल्याणी खड्का, गीताकुमारी न्यौपाने, अनुपा श्रेष्ठ, शान्ता कार्की, अप्सरा थापालगायत रहेका छन् ।
यस्तै, समितिको सदस्य सचिवमा दया लामिछाने मैनालीलाई नियुक्त गरिएको छ ।
समितिलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभापति बानियाँलगायत कांग्रेस बागमती प्रदेशका पदाधिकारीको सहभागिता रहेको पार्टीका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।