हेटौंडामा चाडपर्व लक्षित संयुक्त बजार अनुगमन

तु खबर संवाददाता
२०८१ भाद्र २८,शुक्रबार १६:२८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा चाडपर्व लक्षित संयुक्त बजार बजार अनुगमन सुरु भएको छ ।

खाद्य तथा दाना पदार्थ एवम् कच्चा पदार्थको गुणस्तर तथा स्वच्छता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो ।

संयुक्त बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं.२, स्थित भाटमटेनी सुपरमार्केट एण्ड डिमार्टमेन्टल प्रा.लि., हेटौंडा–२, संगमचोकस्थित मेरो मार्ट र हेटौंडा–४, स्कुलरोडस्थित घर संसारको अनुगमन गरेको छ ।

सो क्रममा हेटौंडा–२, संगमचोकस्थित मेरो मार्टलाई सामान खरिद–बिक्री गर्दा उत्पादन र उपभोग्य मिति हेरी खरिद–बिक्री गर्न निर्देशन दिइएको छ ।

अनुगमको क्रममा ६ बोतल पतंजली टोमेटो केचप (५०० ग्राम, प्रति बोतल १७५ रुपैयाँ), २३ प्याकेट सिक्स भिल्ला कर्न स्टिक (६० ग्रामको प्याकेट, प्रति प्याकेट ४० रुपैयाँ) बरामद भएपछि उक्त मार्टलाई जफत तथा नष्ट गरिएको उत्पादन र उपभोग्य मिति हेरी खरिद–बिक्री गर्न निर्देशन दिइएको हो । साथै बरामद उक्त परिणामको सामान जफत तथा नष्ट गरिएको छ ।

यसैगरी, अनुगम टालीले खाद्य र अखाद्य सामग्रीसँगै राखिएको भेटिएपछि घर संसारलाई खाद्य र अखाद्य सामग्री छुट्याएर राख्न निर्देशन दिइएको छ ।

यसपालीदेखि बजार अनुगमनलाई विगतमा भन्दा प्रभावकारी बनाइएको छ । सरोकारवाला निकायले बजार अनुगमनलाई ‘आक्रामक’ बनाउँदै कमजोरी देखिए ठाउँकोठाउँ कारबाही गरेर जरिवाना गरिएको छ ।

बजार अनुगम बिहीबारबाट सुरु भएको हो । अनुगमन सुरु भएको पहिलो दिनमा नै उक्त संयुक्त टोलीले हेटौंडा–४, पारिजातपथस्थित दाजुभाइ फाष्टफुड र वैष्णव होटललाई २५–२५ हजार रुपैयाँ जरिवाना गराइएको थियो ।

ती दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको जनाइएको छ ।