सोमबार शेयर बजारमा भारी अंकको गिरावट
मकवानपुर । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।
आन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७ दशमलव ०३ अकंले घटेर २ हजार ५८० दशमलव ७६ बिन्दुमा कायम भएको छ ।
यसदिन ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर किनबेच भएको छ भने ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै, आज १३ वटै उपसूचक राताम्य भएका छन् । सोमबार १४ कम्पनीको शेयर मूल्य बढ्दा २२७ कम्पनीको मूल्य घटेको छ ।