आज राति १२ गतेदेखि बर्खे अधिवेशन अन्त्य हुँदै

तु खबर संवाददाता
२०८१ भाद्र ३१,सोमबार १७:१९

काठमाडौं । सघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन आजरातिदेखि अन्त्य हुन लागेको संसद सचिवालयले जनाएको छ ।

सो अवधिमा १ सय ३० दिन बैठक बस्यो । उक्त सयममा भएरगरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले आजको बैठकमा संक्षिप्त जानकारी गराएका छन् ।

जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २ सय ६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बितेको छ । यस्तै, सो अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतीत गरिएको छ ।

यस अधिवेशनमा प्रतिनिधि सभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता गरिएको छ । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भइसकेको छ भने ३ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ ।