अखिल क्रान्तिकारी बागमतीको अध्यक्षमा पौडेल

तु खबर संवाददाता
२०८१ आश्विन २,बुधबार ०८:२९

मकवानपुर । अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल विजयी भएका छन् ।

क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा पौडेल विजयी भएका हुन् ।

पौडेलले निकटतम प्रतिद्वन्द्वी अशोक देवकोटालाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उक्त पदमा पौडेलले २३२ मत प्राप्त गर्दा देवकोटाले १४३ मत प्राप्त गरे । यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार सरोज भण्डारीले भने ६२ मत प्राप्त गरे ।

त्यस्तै, ५ उपाध्यक्ष पदमा क्रमशः सन्तोष चौहान, हरि बहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्र कुमार तामाङ विजयी भएका छन् । ३ खुल्ला उपाध्यक्ष पदमा भएको निर्वाचनमा चौहानले २२०, खड्काले १७९ र ठकुरीले ३१४ मत प्राप्त गरेका छन् ।

यस्तै, महिला कोटामा पाण्डे र समावेशीतर्फ तामाङ निर्विरोध निर्वाचित भएका थिए । उक्त सम्मेलनबाट ४३ सदस्य समेत निर्वाचित भएको जनाइएको छ ।