दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । सोहीको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।
बुधबार प्रसाईंसहित तीन जनालाई पक्राउ गर्न अनुमति दिइएको हो । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।
उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न भनिएको छ ।