खोलाले बगाई मृत्यु भएकी बालिकाको परिवारलाई आर्थिक सहयोग

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा खोलाले बगाई मृत्यु भएकी बालिकाको परिवारलाई आर्थिक रकम सहयोग भएको छ ।
भीषण वर्षाका कारण आएको खहरे खोलाले बगाई मृत्यु भएको मनहरी–८, निवासी रन्जिता गुरुङको परिवारलाई मनहरी गाउँपालिकाले राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
शुक्रबार एक कार्यक्रमबीच मृतक बालिकाको बाबु जीतेन्द्र गुरुङ्गलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
जीतेन्द्रलाई गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला लगायतको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
रन्जिताको गत भदौं २५ गते भीषण वर्षाका कारण आएको बाढीले घर नजिकैको खोल्सामा बगाएर मृत्यु भएको थियो । विद्यालयबाट फर्किने क्रममा उनलाई खोलाले बगाएको थियो ।