संयुक्त अभ्यासका लागि चीन प्रस्थान गर्यो नेपाली सेनाको टोली
काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका फौजबीच संयुक्त अभ्यास गर्न नेपाली सेनाको टोली चीन प्रथान गरेको छ ।
‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको संयुक्त अभ्यास सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीन प्रस्थान गरेको हो ।
उक्त अभ्यास शनिबारदेखि आश्विन १५ गतेसम्म चीनको चोङकिङमा सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ ।
वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो ।