राष्ट्रपति पौडेलसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष रदुई अयोगले वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगले शुक्ररबा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको हो ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०–०८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् ।
यसैगरी, राष्ट्रपतिसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पनि आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।