बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने

तु खबर संवाददाता
२०८१ आश्विन ७,सोमबार ०९:१५

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको छ । आइतबारबाट सुरु भएको प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडाले जनाएको छ ।

संसद् सचिवालयका अनुसार, आज बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । आजको बैठकमा विभिन्न तीन वटा विधेयकमाथि छलफल हुनेछ ।

बैठकमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । उक्त दुबै विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले सभामुख भुवनकुमार पाठकको अनुमतिमा आइतबार बसेको बैठकमा छलफल गरियोस् भनि पेश गरेका थिए ।

यसैगरी, उक्त बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले पेश गरेको प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पनि छलफल हुने जनाइएको छ ।