राप्ती खोलाले बगाएर हेटौंडाका कार्कीको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन ७,सोमबार १०:१२
सांकेतिक तस्वीर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित राप्ती खोलाले बगाएर आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१, चाइना क्वाटर बस्ने ४९ वर्षीया दीपक कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार,  कार्की चाइना क्वाटर पछाडी रहेको राप्ती खोलामा आएको बाढीले माथिबाट बगाइ ल्याएको अवस्थामा भेटिएका थिए ।

उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।