सोमबार शेयर बजारमा भारी अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार बढेको शेयर बजार सोमबार पुनः गिरावट आएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९ दशमलव ०२ अकंले घटेर २ हजार ५२९ दशमलव ३३ बिन्दुमा कायम भएको छ ।
आज ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार १३ वटै उपसूचक राताम्य भएको जनाइएको छ ।