थानाभर्याङ टोल विकासको अध्यक्षमा पुनः कप्रौला

तु खबर संवाददाता
२०८१ आश्विन ८,मंगलवार ०९:४३

मकवानपुर । हेटौंडा उपमहानगपालिका वडा नम्वर ११, स्थित थानाभर्याङ टोल विकास संस्थाको अध्यक्षमा पुनः बसन्त कप्रौला चयन भएका छन् । संस्थाको ११ औं साधारण सभाबाट कप्रौला पुनः अध्यक्ष पदमा चयन भएका हुन् ।

यस्तै, संस्थाको उपाध्यक्षमा सरिता दाहाल, सचिवमा पवन पण्डित, सह–सचिवमा अम्बिका कँडेल, कोषाध्यक्षमा रामेश्वर नगरकोटी चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः लक्ष्मीराज बानियाँ, गंगा कार्की, निरज गौतम, पर्वती खडका, बेलीकुमारी पाण्डे र सुस्मीता तामाङ श्रेष्ठ चयन भएका छन् ।

हेटौंडा–११ की अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिका संघ–संस्था तथा समुदाय परिचालन शाखा प्रमुख गंगा चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभा बसन्त कप्रौलाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।