कांग्रेस थारू विभागमा १० सदस्य मनोनीत

तु खबर संवाददाता
२०८१ आश्विन ८,मंगलवार १६:५९

काठमाडौं । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रहेको उक्त विभागमा १० जनालाई मनोनयन गरेका हुन् ।

उनीहरुलाई पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम मनोनयन गरिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

मनोनीत हुनेहरुमा क्रमशः देवमान चौधरी (बर्दिया), हल्लुप्रसाद चौधरी (दाङ), शिवनारायण राना (कैलाली), साजनकुमार महतो (चितवन), शैलेन्द्र चौधरी (रौतहट) र नमिता चौधरी (सप्तरी) रहेका छन् ।

यसैगरी, वोरनारायण चौधरी (सुनसरी), सरिता चौधरी (कैलाली), सुचि चौधरी ( मोरङ) र कुलमणि चौधरी (बारा) लाई पनि उक्त विभागमा मनोनीत गरिएको छ ।