मकवानपुरमा २४ जना डेंगु र ३ जना स्क्रब टाइफसका बिरामी भेटिए

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २४ जना डेंगु संक्रमित बिरामी र ३ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका एक जना र अन्य जिल्लाका दुई जना गरी २४ जना डेंगु संक्रमण पुष्टि भएको हो ।
यसैगरी, सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका एक जना र मकवानपुरगढी गाउँपालिकाका दुई जना गरी ३ जनाम स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ३३५ पुरुष र ३०१ महिला गरी ६३६ जना पुगेको छ भने स्क्रब टाइफसका बिरामी ८० पुरुष र १५९ महिला गरी २३९ जना पुगेको छ । उक्त तथ्याङ्क गत साउन महिनादेखि आज मंगलबारसम्मको हो ।
कुन पालिकामा कति डेंगु संक्रमितका बिरामी भेटिए ?
- हेटौंडा उपमहानगरपालिकामा २५७ पुरुष र २४४ महिला गरी ५०१ जना
- थाहा नगरपालिकामा एक पुरुष र एक महिला गरी २ जना
- मकवानपुरगढी गाउँपालिकामा १५ पुरुष र ९ महिला गरी २४ जना
- बागमती गाउँपालिकामा एक जना पुरुष
- कैलाश गाउँपालिकामा ४ पुरुष
- मनहरी गाउँपालिकामा २० पुरुष र १४ महिला गरी ३४ जना
- बकैया गाउँपालिकामा ६ पुरुष र ५ महिला गरी ११ जना
- भीमफेदी गाउँपालिकामा ४ पुरुष र ८ जना महिला गरी १२ जना
- राक्सिराङ गाउँपालिकामा एक पुरुष
- हाल ठेगाना नखुलेका १२ पुरुष र १४ महिला गरी २६ जना
- अन्य जिल्लाका १३ पुरुष र ५ महिला १८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
कुन पालिकामा कति स्क्रब टाएफसका बिरामी भेटिए ?
- हेटौंडा उपमहानगरपालिकामा ९१ महिला र ५० पुरुष गरी १४१ जना
- मकवानपुरगढी गाउँपालिकामा २६ महिला र १० पुरुष गरी ३६ जना
- बागमती गाउँपालिकामा दुई पुरुष
- कैलाश गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना
- मनहरी गाउँपालिकामा ६ पुरुष र १२ जना महिला गरी १८ जना
- इन्द्रसरोवर गाउँपालिकामा एक महिला
- भीमफेदी गाउँपालिकामा दुई पुरुष र १४ जना महिला गरी १६ जना
- बकैया गाउँपालिकामा ८ पुरुष र ९ महिला गरी १७ जना
- राक्सिराङ गाउँपालिकामा एक जना महिला
- अन्य जिल्लाका एक पुरुष र तीन महिला गरी ४ जना रहेका छन् ।
जिल्लाको थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।