राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८१ आश्विन ९,बुधबार १६:३५

काठमाडौं । राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

आयोगका अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका हुन् ।