एक महिनामै ५७ हजारभन्दा बढी नेपाली विदेशीय
काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा ५७ हजारभन्दा बढी नेपाली रोजगारका लागि विदेशीयका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को भदौ महिनामा ५७ हजार ४९३ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।
उक्त विभागका अनुसार, भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली विदेसिएका छन् भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
ती मध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् ।
म्यानपावर कम्पनी मार्फत् २९ हजार ५२८ जना, व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना र जीटुजीमार्फत् एक हजार ३ जना गएका छन् ।
सो अवधिमा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् ।
यसैगरी, कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५, कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना, मलेसियामा एक हजार १९५ जना नेपाली गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।