बुधबार उकालो लाग्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उकालो लागेको छ ।
तीन कारोबार दिनदेखि लगातार ओरालो लागेको शेयर बजार परिसूचक (नेप्से) बुधबार भने उच्च अंकले बढेको हो ।
यसदिन २ हजार ४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अंकले बढ्दै परिसूचक २ हजार ५१९ दशमलव ५७ बिन्दुमा उक्लिएको हो ।
यसअघि आइतबार कारोबार ११ दशमलव ५८ अंकले बढेको शेयर बजार सोमबार र मंगलबार भने बजार समान ५९/५९ अंकले घटेको थियो ।
यस्तै, आज २२३ कम्पनीको मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको स्थिर भयो ।
यसदिन ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।