मकवानपुरमा डेंगु सक्रमितको संख्या ६४५ पुग्यो

तु खबर संवाददाता
२०८१ आश्विन ९,बुधबार १७:४४
file-photo

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या ६ सय ४५ पुगेको छ ।

जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या ६ सय ४५ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ३०७ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।

सो अवधिमा कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ?

  • हेटौंडा उपमहानगरपालिकामा २५८ पुरुष र २४७ महिला गरी ५०५ जना
  • थाहा नगरपालिकामा ३ पुरुष र २ महिला गरी ५ जना
  • मकवानपुरगढी गाउँपालिकामा १५ पुरुष र ९ महिला गरी २४ जना
  • बागमती गाउँपालिकामा एक जना पुरुष
  • कैलाश गाउँपालिकामा ४ पुरुष
    मनहरी गाउँपालिकामा २० पुरुष र १६ महिला गरी ३६ जना
  • भीमफेदी गाउँपालिकामा ४ पुरुष र ८ जना महिला गरी १२ जना
  • बकैया गाउँपालिकामा ६ पुरुष र ५ महिला गरी ११ जना
  • राक्सिराङ गाउँपालिकामा एक पुरुष
  • हाल ठेगाना नखुलेका १२ पुरुष र १४ महिला गरी २६ जना
  • अन्य जिल्लाका १३ पुरुष र ५ महिला १८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।