बिहीबार ३२.८१ अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । यसदिन बजारमा ३२ दशमलव ८१ अंकको गिरावट आएको हो ।
तीनदिन लगातार बढेर बुधबार मात्रै सुधार आएको शेयर बजार बिहीबार पुनः गिरावटमा आएको हो । यसअघि बुधबार ४९ अंकले बजार बढेको थियो ।
यो साता मात्रै समग्रमा नेप्से परिसूचकमा १०२ अंकको गिरावट आएको छ ।
यस्तै, आज २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३९ कम्पनीको बढ्दा ४ कम्पनीको स्थिर रह्यो ।
यसदिन कुल १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ भने ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।