हेटौंडामा कंक्रिट व्यवसायीलाई तालिम

तु खबर संवाददाता
२०८१ आश्विन १०,बिहीबार १७:४५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा कंक्रिट व्यवसायीहरुलाई तालिम दिइएको छ । प्रदेशको मकवानपुर र चितवन जिल्लाका कंक्रिट व्यवसायीहरुलाई तालिम दिइएको हो ।

उक्त तालिम उर्जा मैत्री भवन निर्माणमा स्थानिय सरकारसँग समन्वय गर्दै काम थालेको बिन (बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल) परियोजनाले आयोजना गरेको हो ।

तालिम हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा संचालन भएको हो ।

तालिममा परियोजनाले निर्माण व्यवसायीलाई हलमुका वातावरण अनुकुलिन सामग्री निर्माण, बलियो र उर्जा खपत हुने सामग्रीसँगै कसरी आक्रर्षक सामग्री बनाउँने बारे जानकारीसहितको तालिम संचालन गरिएको हो ।

तालिम हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा समापन भएको हो । सो क्रममा बोल्दै नगर प्रमुख लामाले कसरी समय अनुसारको सामग्री उत्पादनमा ध्यान दिन आग्रह गरिन् ।

घर वा पुर्वाधार निर्माणको क्रममा प्रयोग भएका सामग्रीको अवस्थालाई मध्यनजर गर्दै सामग्रीहरु उत्पादन गर्न व्यवसायीहरुलाई सुझाव दिइन् । उनले वातावरण र स्वास्थ्यका दृष्टिकोणमा उर्जा मैत्री भवन निर्माण गर्नु राम्रो हुने बताइन् ।