सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम सिफारिस

तु खबर संवाददाता
२०८१ आश्विन ११,शुक्रबार १६:०४

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा दुई जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको न्याय परिषदको बैठकले दुई जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

बैठकले उक्त पदका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन् ।